नेभिगेशन
राजनीति

नेपाल विद्यार्थी संघको ५६औं स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

बर्दिया, गुलरिया — नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिको आयोजनामा संघको ५६औं स्थापना दिवसको अवसरमा गुलरियामा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका अध्यक्ष ने.वि.संघ बर्दिया जिल्ला अध्यक्ष असिम विक्रम शाह रहनु भएको थियो। प्रमुख अतिथिका रूपमा गुलरिया नगरपालिकाका उपप्रमुख सवित्रा गौतमज्यूको गरिमामय उपस्थितिले कार्यक्रमलाई विशेष बनायो। बबई बहुमुखी क्याम्पस इकाई, ने.वि.संघ जिल्ला समिति, इकाई समिति तथा मित्रवत संघ-संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागितामा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रमको अवसरमा बबई बहुमुखी क्याम्पस परिसरमा दीप प्रज्वलन कार्यक्रम समेत आयोजना गरिएको थियो। उक्त कार्यक्रममा क्याम्पस स्ववियु, ने.वि.संघ इकाई कार्यसमिति तथा स्थानीय युवा साथीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

यस कार्यक्रममार्फत युवामा हरियाली संरक्षणप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक उत्तरदायित्वप्रति जागरुकता फैलाउने उद्देश्य राखिएको आयोजक समितिले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update