नेभिगेशन
राजनीति

महाधिवेशनतर्फ अघि बढ्यो कांग्रेस, केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टीले शनिबारदेखि महाधिवेशनसम्बन्धी गतिविधि सुरु गरेको हो।
तयारीको पहिलो चरणअन्तर्गत निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा महाधिवेशन प्रक्रियासम्बन्धी आवश्यक जानकारी, कार्यदिशा र जिम्मेवारीबारे निर्देशन प्रदान गरिने जनाइएको छ।


सानेपास्थित केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे हुने उक्त कार्यक्रममा सभापतिसहित शीर्ष नेताहरूले प्रतिनिधिहरूलाई प्रशिक्षण दिने कार्यक्रम छ।
कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन प्रारम्भिक तयारीलाई तीव्रता दिएको जनाएको छ। पार्टीको महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update