नेभिगेशन
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको कुशे गाउँपालिका सभापतिमा डिल्ली सिंह चयन

देशको राजनीतिक परिवेशमा नयाँ शक्तिहरूप्रति नागरिक आकर्षण बढिरहेका बेला जाजरकोटको कुशे गाउँपालिकामा पनि त्यसको प्रभाव देखिएको छ। कुशे गाउँपालिका वडा नं. ८ का तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष डिल्ली सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि पार्टीको संगठन निर्माणमा सक्रिय रहँदै आएका थिए।
रास्वपाको कुशे गाउँपालिका प्रथम अधिवेशन बाट डिल्ली सिंह सर्वसम्मत रूपमा गाउँपालिका सभापति पदमा चयन भएका छन्। स्थानीय राजनीतिमा लामो अनुभव बटुलेका सिंहको नेतृत्वले गाउँपालिकामा रास्वपाको संगठन विस्तार, सुशासन, पारदर्शिता र जनमुखी राजनीतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
देशभर वैकल्पिक राजनीतिक शक्तिप्रति जनविश्वास बढिरहेका बेला स्थानीय तहका अनुभवी जनप्रतिनिधिहरूको रास्वपामा आकर्षणले नेपाली राजनीतिमा नयाँ सन्देश दिएको राजनीतिक विश्लेषकहरू बताउँछन्। जनताका मुद्दा, विकास, सुशासन र जवाफदेहितालाई केन्द्रमा राखेर राजनीति गर्ने प्रतिबद्धतासहित डिल्ली सिंहको नेतृत्वमा कुशेमा रास्वपाले नयाँ ऊर्जा प्राप्त गरेको स्थानीय कार्यकर्ताहरूको भनाइ छ।
नवनिर्वाचित सभापति सिंहलाई शुभकामना दिँदै स्थानीयवासीहरूले कुशे गाउँपालिकाको समग्र विकास, नागरिकका समस्या समाधान र सकारात्मक राजनीतिक संस्कृतिको विकासमा उहाँको नेतृत्व प्रभावकारी रहने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update