विद्यार्थीका हकमा गरेका काम तथा आगामी योजनाका आधारमा अखिल क्रान्तिकारीको प्यानललाई जित सुनिश्चित रहेको दाबी गरेका छन्।
शिक्षा प्रणाली सुधार र नवाचारको प्रतिवद्धता
प्रकाश विकको नेतृत्वमा रहेको अखिल (क्रान्तिकारी)ले शिक्षालाई सिपमुखी, अनुसन्धानमूलक, प्रयोगात्मक र व्यवहारिक बनाउन नवीनतम पाठ्यक्रम संशोधन तथा विकास गर्ने प्राथमिकता दिएको छ। Innovation Centre को स्थापना गर्दै विश्वविद्यालयलाई अनुसन्धान, अन्वेषण तथा आविष्कारको केन्द्रका रूपमा विकास गराउने योजना अघि सारिएको छ।
शैक्षिक प्रमाणपत्र र प्रशासनिक सुधार
विद्यार्थीहरूले कुनै पनि कागजात मागेपछि २४ घण्टाभित्र उपलब्ध गराउने तथा शैक्षिक प्रमाणपत्र अध्ययन गरेको संकायबाटै प्राप्त गर्ने व्यवस्थालाई प्रभावकारी बनाइनेछ। साथै, विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई व्यवस्थित गर्दै परीक्षा तथा परीक्षाफल समयमा प्रकाशित गर्ने सुनिश्चितता दिइएको छ।
रोजगारी र उद्यमशीलता प्रवर्द्धन
विद्यार्थीलाई Earn & Learn Policy अन्तर्गत उद्यमशीलताको विकासमा जोड दिँदै, सम्पूर्ण विद्यार्थीहरूका लागि Part-Time Job को व्यवस्था गरिनेछ। अध्ययनको क्रममा विषय अनुसार Paid Internship ग्यारेन्टी गर्दै, स्नातकपछि Job-Placement Unit मार्फत रोजगारीको सुनिश्चितता गर्ने लक्ष्य रहेको छ।
छात्रवृत्ति तथा निःशुल्क पठनपाठनको व्यवस्था
गरीब, विपन्न तथा मेधावी विद्यार्थीलाई छात्रवृत्तिको सुनिश्चितता गर्दै जनयुद्ध, जनआन्दोलन तथा अन्य ऐतिहासिक संघर्षमा घाइते, अपाङ्गता भएका वा सहिद परिवारका सदस्यहरूलाई निःशुल्क पठनपाठनको व्यवस्था गरिनेछ।
स्वास्थ्य र पूर्वाधारको विकास
विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक संकायमा Health Centre स्थापना गरी वार्षिक दुई पटक निःशुल्क Whole Body Check-up गरिनेछ। कानुन संकायका विद्यार्थीका लागि Moot Court, विज्ञान तथा कृषि संकायका लागि अत्याधुनिक प्रयोगशाला (Lab) स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
महिला विद्यार्थीहरूको सहजताका लागि Sanitary Pad Vending Machine, स्तनपान कक्षको अनिवार्य व्यवस्था गरिनेछ। साथै, अपाङ्गता भएका विद्यार्थीहरूका लागि अपाङ्गमैत्री संरचना तथा सिकाइ सामग्री उपलब्ध गराउने सुनिश्चितता गरिएको छ।
खेलकुद तथा अतिरिक्त गतिविधिहरूको प्रवर्द्धन
विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद तथा अन्य रचनात्मक गतिविधिहरू विश्वविद्यालयको नियमित क्यालेन्डरमा समावेश गरिनेछ। MU Cup आयोजना गरी Minimum Supports Programme for Students (MSPS) कार्यान्वयन गरिनेछ।
पारदर्शिता, सुशासन र प्रशासनिक सुधार
स्ववियुको बजेटलाई पारदर्शी, विद्यार्थीमुखी र जवाफदेही बनाइनेछ। विश्वविद्यालयमा आंशिक तथा Part-Time प्राध्यापकको समस्या समाधान गर्दै, योग्य तथा प्रशिक्षित प्राध्यापकहरूको माध्यमबाट नियमित कक्षा सञ्चालन गराइनेछ।
विद्यार्थीहरूको सहजताका लागि सहुलियतपूर्ण Hostel व्यवस्था, विद्यार्थीका लागि सस्तो यातायात सेवा, तथा शैक्षिक सामग्री तथा खाद्यान्नमा विशेष Subsidy को सुनिश्चितता गरिनेछ।
मानसिक स्वास्थ्य र परामर्श सेवा
विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै Psycho-Counselling कक्ष, ध्यान, योग तथा मानसिक स्वास्थ्य सुधारका विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
विगतमा विद्यार्थीहरूका लागि विभिन्न सुधारमूलक काम गर्दै आएका प्रकाश विकको नेतृत्वमा अखिल (क्रान्तिकारी) प्यानलले यस पटकको चुनावमा निर्णायक जित हासिल गर्ने विश्वास व्यक्त गरेको छ। विद्यार्थी हकहितका लागि निरन्तर संघर्षरत विकले "हाम्रो कामले नै जित सुनिश्चित गर्छ" भन्दै आफूप्रति विद्यार्थीहरूको साथ रहने दाबी गरेका छन्।
अखिल (क्रान्तिकारी) प्यानलको योजनाहरूले विद्यार्थीहरूको आवश्यकतालाई सम्बोधन गर्न सक्ने भएकाले उनीहरूले यस पटकको निर्वाचनमा बलियो समर्थन पाउने अपेक्षा गरिएको छ। विश्वविद्यालयको गुणस्तर अभिवृद्धि, विद्यार्थी हित संरक्षण र रोजगारी सुनिश्चित गर्ने उद्देश्यले अघि बढेको यो प्यानलले आगामी दिनमा विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने प्रतिज्ञा गरेको छ।