नेभिगेशन
राजनीति

त्रिचन्द्रको स्ववियु निर्वाचन आज, अध्यक्षमा ९ प्रतिस्पर्धी

काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ । यसअघि ५ चैतका लागि तोकिएको स्ववियु निर्वाचन अन्तिम समयमा स्थगित भएपछि आज हुन लागेको हो ।

नेविसंघका विवेक बानियाँ र श्रीधर श्रेष्ठ समूहले मुल गेटमा तालाबन्दी गरेपछि निर्वाचन समितिका संयोजक डा. अंगद गौतमले चैत ४ गते निर्वाचन स्थगित को सूचना जारी गरेका थिए ।मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको आधारमा राख्ने भन्नेमा विवाद भएपछि तालाबन्दी भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update