नेभिगेशन
राजनीति

बर्दियाका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन : नेविसंघ ४ क्याम्पसमा प्यानल नै बिजयी,

त्रिभुवन विश्वविद्यालय अन्तर्गत बर्दियाका ९ क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रभावशाली नतिजा निकाल्दै चार क्याम्पसमा सभापति सहित तथा तीन क्याम्पसमा उपसभापति सहित विजय हासिल गरेको छ। यो परिणाम बर्दियाको विद्यार्थी राजनीति तथा समग्र लोकतान्त्रिक धारको लागि महत्वपूर्ण संकेत मानिएको छ।
नेपाल विध्यार्थी संघका सभापति अशिम बिक्रम शाह भन्छन् नेविसंघको यो अग्रता विद्यार्थीमाझ लोकतान्त्रिक मूल्यमान्यता र संगठनको सशक्त उपस्थिति प्रमाणित गर्ने संकेतका रूपमा हेरिएको छ। विशेषगरी, विद्यार्थी राजनीतिमा वामपन्थी मोर्चाको दबदबा रहेको ठानिने बर्दियामा नेविसंघले यस्तो प्रभाव पार्नु भविष्यका लागि रणनीतिक उपलब्धि मान्न सकिन्छ।

त्यस्तै, M.U (मध्ये पश्चिम  विश्वविद्यालय) र S.U (सुदूरपश्चिम विश्वविद्यालय) अन्तर्गतका दुई क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको हुँदा समग्र परिणाम के हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन। तथापि, हालसम्म सार्वजनिक नतिजाले बर्दियाको विद्यार्थी राजनीतिमा नेविसंघको पुनरुत्थान भएको संकेत दिएको छ।

स्ववियु निर्वाचन कुनै साधारण राजनीतिक प्रतिस्पर्धा मात्र होइन, यो भविष्यका नेतृत्व निर्माण गर्ने आधारशिला पनि हो। लोकतन्त्र, विद्यार्थी अधिकार, र शिक्षाको गुणस्तर सुधारका मुद्दामा विद्यार्थी संगठनहरूबीचको प्रतिस्पर्धा जनहितका लागि प्रभावकारी हुनुपर्छ। यो सन्देशसहित, बर्दियाका क्याम्पसहरूमा नेविसंघको विजयले लोकतान्त्रिक विचारधाराका पक्षधर विद्यार्थीहरूलाई थप उत्साहित बनाएको छ।

अबको चुनौती भनेकै निर्वाचित विद्यार्थी नेताहरूले आफ्नो घोषणापत्र अनुसार क्याम्पस सुधार, विद्यार्थी अधिकार, र शिक्षाको गुणस्तर वृद्धि गर्ने प्रतिबद्धता कसरी पूरा गर्छन् भन्ने नै हुनेछ। विद्यार्थी राजनीति केवल चुनाव जित्ने माध्यम मात्र नभएर जिम्मेवारी बहन गर्ने मंच पनि हो, जसलाई सशक्त नेतृत्वद्वारा स्थापित गरिनुपर्छ।

यो निर्वाचनले देखाएको परिवर्तन र विद्यार्थीहरूबीच देखिएको राजनीतिक चेतनाले नेपाली विद्यार्थी आन्दोलनलाई अझ बलियो बनाउने विश्वास गर्न सकिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update