नेभिगेशन
राजनीति

शेखर कोइरालाको चेतावनी: कांग्रेस–एमाले सरकार सुशासन दिन असफल

काठमाडौं, चैत ७ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस–एमाले मिलेर बनेको सरकार सुशासन दिन असफल भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवस कार्यक्रममा बोल्दै कोइरालाले सरकारलाई खबरदारी गर्दै वर्तमान परिदृश्य भयावह रहेको टिप्पणी गरे।

उनले कांग्रेसलाई ठूलो पार्टीको रूपमा परिभाषित गर्दै पटक–पटक अन्य दलको पक्षमा लाग्ने प्रवृत्तिको आलोचना गरे। अब कांग्रेसकै नेतृत्वमा सबै दललाई एकताबद्ध गर्दै मुलुकलाई स्थिरता दिने दिशामा अघि बढ्नुपर्ने उनको धारणा थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले गिरिजाप्रसाद कोइरालाको योगदानको चर्चा गर्दै लोकतन्त्र स्थापनामा उनको भूमिका ऐतिहासिक रहेको स्मरण गरे।

कार्यक्रमको सभाध्यक्ष कांग्रेस नेतृ सुजाता कोइराला थिइन् भने प्रमुख अतिथि शेखर कोइराला रहेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update