नेभिगेशन
राजनीति

नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन अन्योलमा, नेपाल विद्यार्थी संघको रिले अनसनको घोषणा

काठमाडौं, चैत्र १२ – त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा गत चैत्र ५ गते सम्पन्न हुनुपर्ने स्ववियु निर्वाचन नेपाल ल क्याम्पसमा अनिश्चित बनेको छ। एक विद्यार्थी संगठनभित्रको आन्तरिक विवादका कारण निर्वाचन अवरुद्ध भएपछि हालसम्म क्याम्पस प्रशासन तथा निर्वाचन समितिले औपचारिक संवाद सञ्चालन नगरेको भन्दै नेपाल विद्यार्थी संघले असन्तुष्टि व्यक्त गरेको छ।

नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पसले प्रशासन र निर्वाचन समितिले कुनै ठोस पहल नगरेको आरोप लगाउँदै निर्वाचनको प्रक्रिया तत्काल अघि बढाउन माग गरेको छ। माग सम्बोधन नभएसम्म रिले अनसनसहित विरोध प्रदर्शन गर्ने घोषणा संघले गरेको छ।

विद्यार्थी संघले जारी गरेको विज्ञप्तिमा क्याम्पस प्रशासनले निर्वाचन सम्पन्न गराउने दिशामा कुनै चासो नदेखाएको उल्लेख गर्दै, लोकतान्त्रिक प्रक्रियालाई सुनिश्चित गर्न निर्वाचनको नयाँ तालिका सार्वजनिक गर्न माग गरिएको छ। संघका पदाधिकारीहरूले निष्पक्ष र पारदर्शी निर्वाचनमार्फत विद्यार्थीहरूलाई आफ्ना प्रतिनिधि चयन गर्ने अधिकार सुनिश्चित गरिनुपर्ने बताएका छन्।

स्ववियु निर्वाचन अन्योलमै रहेसँगै क्याम्पसमा राजनीतिक वातावरण तनाबग्रस्त बन्न पुगेको छ। विद्यार्थी नेताहरूले आगामी दिनमा थप दबाबमूलक कार्यक्रम ल्याउने चेतावनी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update