नेभिगेशन
राजनीति

कांग्रेस–एमालेले गणतन्त्र जोगाउलान् भन्ने विश्वास छैन :प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने विश्वास गर्न नसक्ने बताएका छन्।

शनिबार भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधनका क्रममा उनले एमाले र कांग्रेसप्रति लक्षित गर्दै  यथास्थितिवादीहरु अफ्ठ्यारो भएको खण्डमा प्रतिगमनकारीतिर मिल्नसक्ने जिकिर गरे।

संविधान घोषणा गर्नु हुन्न भन्ने र गणतन्त्र सम्भव छैन भन्ने नेताहरुले सरकारको नेतृत्व गरी गणतन्त्रको फल खाइरहेको भए पनि उनीहरुको लोकतन्त्रप्रति दृढ विश्वास नरहेको उनले बताए।

उनले प्रतिगमनका विरुद्ध उनीहरु लड्नेतिर भन्दा लिपापोती गर्नेतिर अग्रसर रहेको आरोप लगाए। माओवादी कमजोर भएको मौका छोपेर प्रतिगमनकारीतिर मिल्नेसक्ने उनको आशंका छ।

उनले भने, ‘यो यथास्थितिवादी भन्नेहरु अफ्ठ्यारो भयो भने प्रतिगमनकारीतिर गएर मिल्नसक्छन्। संविधान घोषणा गर्न हुन्न भन्ने गणतन्त्र सम्भव छैन भन्ने नेताहरु अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको सरकारको नेतृत्व गरेका त छन्। संघीय गणतन्त्रको फल त अहिले खाइरहेकै छन्। तर उनीहरुको योप्रति दृढ विश्वास छैन। त्यसकारण अहिले पनि प्रतिगमनका बिरुद्ध उनीहरु लड्नेतिर भन्दा लिपापोती गर्नेतिर नै उनीहरुको छ।’

उनले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेको बताए। उनले आफूहरुको आलोचना अहिले चर्को रुपमा भइरहेको पनि बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update