बाँसगढी बहुमुखी क्याम्पसमा यस वर्षको स्ववियु निर्वाचन २०८१ ले विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा भित्र्याएको छ। विशेष गरी नेपाल विद्यार्थी संघ (ने.वि.संघ) को नेतृत्व अनुभवि, लोकप्रिय तथा उद्यमशील विद्यार्थी नेता उसमान अन्सारी लाई दिइएको छ। अन्सारी विद्यार्थी हकहितको लागि निरन्तर संघर्षरत छन्, जसले गर्दा उनी विद्यार्थीहरू माझ अत्यधिक लोकप्रिय बनेका छन्।
अन्सारी नेपाल विद्यार्थी संघको सभापति भएर काम गरिसकेका अनुभवी नेता हुन्। उनले आफ्नो कार्यकालमा शैक्षिक गतिविधिको गुणस्तर वृद्धि, क्याम्पस प्रशासनमा पारदर्शिता, तथा विद्यार्थी सुविधाहरूको सुनिश्चिततामा महत्वपूर्ण भूमिका खेलेका थिए। उनले छात्रवृत्ति व्यवस्था पारदर्शी बनाउने, पुस्तकालय र प्रयोगशाला सुधार गर्ने, खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई प्रवर्द्धन गर्ने जस्ता कार्यहरूमा उल्लेखनीय योगदान दिएका थिए। यी सफलताहरूका कारण यस पटक ने.वि.संघले उनलाई स्ववियु सभापति पदको उम्मेदवारको रूपमा अघि सारेको छ।
विद्यार्थीका समस्या समाधान गर्न निरन्तर लागिपरेका अन्सारीलाई क्याम्पसका विद्यार्थीहरूले पनि एक दृढ, इमानदार र कर्मठ विद्यार्थी नेता का रूपमा लिएका छन्। उनले क्याम्पस प्रशासनदेखि विद्यार्थी अध्ययन-शिक्षण सुधारसम्म व्यापक पहल गर्दै आएका छन्, जसले गर्दा विद्यार्थी समुदाय उनीप्रति आशावादी देखिन्छ।
अन्सारी भन्छन्, “हाम्रो लक्ष्य केवल नेतृत्व सम्हाल्नु मात्र होइन, विद्यार्थीहरूको हकहितको सुनिश्चितता गर्दै क्याम्पसलाई शैक्षिक उत्कृष्टताको दिशामा अघि बढाउनु हो। विद्यार्थीहरूको भरोसा जितेर हामीले सबैका हकहित सुरक्षित गर्नेछौं।”
स्ववियु निर्वाचन नजिकिँदै गर्दा बाँसगढी बहुमुखी क्याम्पसका विद्यार्थीहरू नयाँ नेतृत्वप्रति उत्सुक छन्। अन्सारीको नेतृत्वमा ने.वि.संघले विद्यार्थी हकहितलाई कति प्रभावकारी रूपमा सम्बोधन गर्न सक्छ भन्ने अबको चुनावले तय गर्नेछ।