नेभिगेशन
राजनीति

महेंद्ररत्न क्याम्पसमा पुनः ईश्वर थापा स्ववियु अध्यक्षको दौडमा

महेंद्ररत्न क्याम्पसमा स्ववियु निर्वाचनको चर्चा चुलिँदै गर्दा अघिल्लो कार्यकालमा बहुमतका साथ विजयी भएका ईश्वर थापा पुनः अध्यक्ष पदका उम्मेदवार बनेका छन्। विद्यार्थी हकहितका लागि सक्रिय रूपमा कार्य गर्दै उनी विद्यार्थी समुदायको विश्वास जित्न सफल भएका थिए।

आगामी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अनेरास्ववियुले महेन्द्ररत्न क्याम्पस, ताहाचलमा आफ्नो आधिकारिक उम्मेदवारहरूको मनोनयन दर्ता गराएको छ। संगठनले अध्यक्ष पदका लागि ईश्वर थापा, सचिव पदमा सौगात न्यौपाने, र कोषाध्यक्ष पदमा स्मारिका खत्रीलाई उम्मेदवार बनाएको हो।

थापाले आफ्नो नेतृत्वकालमा क्याम्पस सुधार, शैक्षिक सुविधा विस्तार, र विद्यार्थी अधिकारका सवालमा प्रभावकारी काम गरेकाले उनीप्रति विद्यार्थीहरूको आकर्षण बढेको छ। विद्यार्थीहरूकै चाहना र समर्थनलाई ध्यानमा राख्दै अनेरास्ववियुले उनलाई पुनः अध्यक्ष पदका लागि उम्मेदवारको रूपमा चयन गरेको हो।

विद्यार्थी हकहितका पक्षमा दृढ अडान राख्ने थापा पुनः नेतृत्वमा आएमा क्याम्पसको शैक्षिक तथा भौतिक पूर्वाधार सुधार, छात्रवृत्ति अवसर वृद्धि, र प्रशासनिक पारदर्शिताका विषयलाई प्राथमिकतामा राख्ने बताउँछन्। आगामी निर्वाचनमा उनको उम्मेदवारी कत्तिको प्रभावकारी बन्नेछ भन्ने विषय विद्यार्थी मतदाताको निर्णयमा निर्भर हुनेछ।

 निर्वाचनका लागि विद्यार्थी संगठनहरू आ–आफ्ना उम्मेदवारहरू घोषणा गर्दै चुनावी गतिविधि तीव्र बनाइरहेका छन्। महेन्द्ररत्न क्याम्पसमा प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update