नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्ववियु निर्वाचन तयारीका लागि १४ समिति गठन गरेको छ । स्ववियु निर्वाचनमा सहभागितालाई थप प्रभावकारी बनाउन समितिहरु गठन गरिएको संघले जनाएको छ ।
५ चैतमा हुने स्ववियु निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ नेविसंघका उम्मेदवारलाई जिताउन समिति गठन गरिएको अध्यक्ष दुजाङ शेर्पाले जानकारी गराए ।
प्रचार-प्रसार समितिमा यङ्जोर कार्की, घोषणापत्र तयारी समितिमा विकल राई, स्ववियु निर्वाचन सारक्षरता र अभिमुखीकरण समितिमा सुशान्त आचार्य, अन्तर विद्यार्थी संगठन समन्वय समितिमा पंकजकुमार क्षेत्रीलाई संयोजक तोकिएको छ ।