नेभिगेशन
समाचार

पूर्वी नेपाल समाजवादी क्रान्तिको केन्द्र : किन र कसरी ?

पूर्वी नेपाल समाजवादी क्रान्तिको केन्द्र : किन र कसरी ?

२०५२ साल फागुन १ गते थालनी भएको जनयुद्धका आधार क्षेत्रहरू नै पुँजीवादी जनवादी क्रान्तिका केन्द्र थिए । सामन्तवादी उत्पीडन चर्को थियो । त्यसप्रकारको उत्पीडनविरुद्ध जनताको संगठित संघर्षका कारण उन्नत चेतना पैदा भयो ।

जनयुद्धको तयारीका क्रममा पैदा भएको उन्नत चेतनाका कारण मुख्य फौजी कारबाहीको सुरुवात रोल्पा, रूकुम, गोरखा, सिन्धुली र काभ्रेबाट भएको थियो । यो संघर्षसहितको उन्नत चेतना देशभरि फैलियो र जनयुद्धले एकपछि अर्को कीर्तिमान तयार गर्दै अगाडि बढ्यो ।

जनवादी क्रान्तिको मुख्य शक्ति किसान हुने हुनाले गाउँबाट सहर घेर्ने रणनीति अन्तर्गत ती जिल्लाहरू केन्द्र बन्नु स्वाभाविक नै थियो । अहिले हामी समाजवादी क्रान्तिको चरणमा छौँ । जहाँ पुँजीवादी उत्पीडन र शोषण चर्को हुन्छ, त्यहीँ संघर्षको केन्द्र बन्दछ । उन्नत चेतना पनि त्यहीँ हुन्छ । हिजो सामन्तवाद विरुद्धको संघर्षको चेतनाको केन्द्र पश्चिम थियो भने पुँजीवाद विरुद्धको चेतनाको केन्द्र पूर्व बन्नु स्वाभाविक र नियम सङ्गत कुरा हो ।संघर्ष मुख्यतः दलाल र नोकरशाही पुँजीवादका विरुद्ध केन्द्रित हुन्छ । समाजवादी क्रान्तिको मुख्य शक्ति मजदुर हुने हुनाले समाजवादी क्रान्तिको केन्द्र पुँजीवादको विकास भएको स्थान मुख्यतः सहरी क्षेत्र हुन्छ र हिजोका आधार क्षेत्रहरू समाजवादी उत्पादनका भ्रुण विकास गर्ने स्थानमा बदलिन्छन् । यसर्थ २०२८ सालको झापा विद्रोहको चेतना, २००७ सालको मजदुर आन्दोलनको पृष्ठभूमि र पूर्वी पहाडमा लामो समयदेखि पुँजीवादी उत्पादन प्रणाली अभ्यास भइरहेको सन्दर्भमा आउँदा समग्र पूर्वी नेपाल समाजवादी आन्दोलनको आधार क्षेत्र वा केन्द्र बन्दछ । यस प्रयोजनका लागि झापा, मोरङ, सुनसरी र इलाम महत्त्वपूर्ण जिल्ला हुन् । हिजोको रोल्पाको स्थान झापाले लिने सम्भावनालाई नकार्न सकिन्न ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update