नेभिगेशन
समाचार

रुकुम पश्चिममा जीप–मोटरसाइकल ठोक्किँदा नलगाड–८ का एकको मृत्यु, दुई गम्भीर घाइते

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमपाखामा भएको सडक दुर्घटनामा परी नलगाड नगरपालिका–८ का एक व्यक्तिको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। सिमपाखा सडकखण्डमा जीप र मोटरसाइकल एक–आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जना गम्भीर चोट लागेको स्थानीयले बताएका छन ।

गम्भीर घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। अन्य दुईको अवस्था पनि गम्भीर रहेको र उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको जनाएको छ ।

दुर्घटनामा परेकाहरूको परिचय भने खुल्न बाँकी रहेको छ। घटनास्थलमा प्रहरी टोली पुगेको छ र दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update