नेभिगेशन
समाचार

रुकुम पश्चिममा जीप–मोटरसाइकल ठोक्किँदा नलगाड–८ का एकको मृ**त्यु, दुई गम्भीर घाइते

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमपाखामा भएको सडक दुर्घटनामा परी नलगाड नगरपालिका–८ का एक व्यक्तिको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। सिमपाखा सडकखण्डमा जीप र मोटरसाइकल एक–आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जना गम्भीर चोट लागेको स्थानीयले बताएका छन ।

गम्भीर घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। अन्य दुईको अवस्था पनि गम्भीर रहेको र उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको जनाएको छ ।

दुर्घटनामा परेकाहरूको परिचय भने खुल्न बाँकी रहेको छ। घटनास्थलमा प्रहरी टोली पुगेको छ र दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update