नेभिगेशन
समाचार

बजार अनुगमनलाई तीव्र पार्दै वाणिज्य बिभाग

काठमाडौं । उपभाेक्ता अधिकार संरक्षणलाई प्राथमिकता दिँदै वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशभर बजार अनुगमनलाई थप तीव्र बनाएको छ। पछिल्लो समय केही स्थानमा अनियमित मूल्यवृद्धि, नक्कली तथा म्याद नाघेका उपभाेग्य वस्तु बिक्री हुने गुनासो बढेपछि मन्त्रालयले केन्द्रीयदेखि स्थानीय तहसम्म संयुक्त टोली परिचालन गरेको छ ।

मन्त्रालयका अनुसार दैनिक आवश्यक खाद्यवस्तु, पेट्रोलियम, औषधि, कृषि सामग्री, फलफूल–तरकारी तथा किराना सामग्रीमा मूल्य, गुणस्तर, बिलिङ र स्टक निरीक्षण गरिँदैछ। अनुगमनमा अनियमितता फेला परेका  दर्जनौँ व्यवसायीलाई चेतावनी, जरिवाना तथा आवश्यक परे कानूनी कारबाही पनि अघि बढाइएको छ।

वाणिज्य सचिवले जानकारी दिँदै भने, “उपभाेक्ता ठगिने अवस्था अब सह्य हुँदैन। बजारमा कृत्रिम अभाव वा मूल्यवृद्धि गर्नेहरूमाथि कडाभन्दा कडा कारबाही हुन्छ ।

न टोलीका अनुसार सबैभन्दा बढी समस्या म्याद नाघेका वस्तु, बिल नदिने, मनोमानी मूल्य, अनियन्त्रित नाफाखोरी र तोल–मापमा हुने कमीकमजोरीमा देखिएक छ ।

उपभोक्ताले पनि कुनै अनियमितता देखेमा उपभोक्ता हेल्पलाइन ११३७ मा जानकारी दिन आग्रह गरिएको छ, जसका आधारमा तत्कालै कारबाही गर्न सकिने बताइएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update