नेभिगेशन
समाचार

खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ दर्ता, गोलो घेराभित्र ‘लाइक’ चिन्हसहित नयाँ राजनीतिक यात्रा सुरु

खगेन्द्र सुनारको नेतृत्वमा गठन गरिएको हाम्रो पार्टी नेपाल सोमबार औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ। बाजागाजा र उत्साहसहित आयोग पुगेका सुनार र उनकी टोलीले पार्टी दर्ता प्रमाणपत्र हातमा लिएपछि नयाँ राजनीतिक यात्राको शुभारम्भ भएको घोषणा गरेका छन्।

निर्वाचन आयोगका अनुसार कात्तिक १८ गते दर्ता अनुरोध परेकोमा आइतबार आयोगले दर्ता स्वीकृत गर्ने निर्णय गरेको हो। आयोगले यस दललाई दर्ता नम्बर २१६ प्रदान गरेको छ।

पार्टीको चुनाव चिन्ह ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक चिन्ह’ रहेको छ, जसले सकारात्मक सोच, जनसमर्थन र नयाँ पुस्ताको ऊर्जा प्रतिनिधित्व गर्ने बताइन्छ।

आयोगका अनुसार नेपालमा हालसम्म दर्ता राजनीतिक दलको संख्या १३२ पुगेको छ। नयाँ दल दर्ता हुँदा राजनीति क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा, नयाँ आवाज र नयाँ विकल्प बढ्दै गएको आयोगको धारणा छ।

हाम्रो पार्टी नेपालका अध्यक्ष सुनारले दर्तापछि भने, “हामी सकारात्मक राजनीति, पारदर्शिता र जनताका आशा पुरा गर्ने यात्रामा हिँडिरहेका छौं। जनतासँग जोडिएर काम गर्ने हाम्रो प्रतिबद्धता हो

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update