नेभिगेशन
राजनीति

कांग्रेस नेता साउद भन्छन् सरकारले दुईतिहाइको दम्भ छोड्नुपर्छ,

दुईतिहाइको सरकारले ल्याएको सुरक्षा विधेयकमा सयभन्दा बढी सांसदको संशोधन पर्नुले सरकारलाई दुईतिहाइको दम्भमा बस्नु हुँदैन भन्ने सन्देश दिएको बुझ्नुपर्छ ।’

नेपाल भूतपूर्व सैनिक संघ, गण्डकी प्रदेशको शनिबार पोखरामा आयोजित प्रथम अधिवेशनको उद्घाटन समारोहमा उनले दुईतिहाइको दम्भ देखाएर सरकारले सुरक्षा निकायजस्ता संस्थाहरूसँग सम्बन्धित ऐन–कानुन बनाउनु नहुने बताएका हुन् ।

सुरक्षा निकाय जस्तो गम्भीर विषयसँग सम्बन्धित विधेयकहरू दुईतिहाइको सरकारले ल्याउँदा सयभन्दा बढी सांसदहरूले संशोधन हालिसकेका छन्,’ नेता साउदले भने, ‘सरकारले ल्याएको जुन विधेयकमा सांसदहरूको क्वीक प्रतिक्रिया भएको छ । सुरक्षा निकाय जस्ता संस्थाहरूका बारेमा सरकार दुईतिहाइको दम्भमा बस्नु हुँदैन ।’

साउदले संविधानमै १० वर्षमा पुनरावलोकन गर्ने भनेर उल्लेख गरिएको स्मरण गर्दै संविधान संशोधनको प्रक्रियामा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘संविधान संशोधनको प्रक्रियालाई पहिले टुंगोमा पुर्‍याएर, त्यसपछि विभिन्न विधेयकहरू ल्याएर ऐनहरू बनाएर संशोधित संविधानअनुसार अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘संविधान संशोधन पछि र ऐन अगाडि आयो भने अहिले पास गरेको ऐनको दफामा भोलि संशोधन भइदियो भने ऐन फेरि पनि पंगु हुने अवस्था छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update