नेभिगेशन
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न सरकारलाई चुनौती दिएको छ ।

आइतबार प्रतिनिधि सभामा पार्टीका तर्फबाट विशेष समयमा बोल्दै उपसभापति डोल प्रसाद (डिपी) अर्यालले यस्तो चुनौती दिएका हुन् ।

उपसभापति अर्यालले राज्यको उच्च निकायमा पुगेका पूर्व र वर्तमान सबै नेता र पदाधिकारीहरूको सम्पति छानबिनका लागि उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन पनि माग गरेका छन् । उनले भने,‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने प्रधानमन्त्रीज्यूबाट उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन म आग्रह पनि गर्दछु।

, सरकार सत्तारुढ दलका नेता जोगाउनेमा केन्द्रित रहेको दोहोर्‍याए । उनले भनेका छन्, ‘सहकारीको प्रतिशोध हो कि होइन भन्ने विषय आफ्ना नेताहरूमाथि छानबिन सुरु गरौं त्यसपछि थाहा हुन्छ, प्रमाणित हुनेछ,’ उनले भने ।

आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोधका आधारमा दुःख दिने काम भएको उनले बताए । यसको आधारमा सत्तारुढ दलका नेतामाथि छानबिन नहुने प्रवृति नै रहेको उनको भनाइ छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update