नेभिगेशन
राजनीति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत भ्रमण रद्द गरेका छन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसअघि सभापति देउवाले बिहीबार भारतको प्रयागराजमा भइरहेको महाकुम्भमा स्नान गर्न जाने कार्यक्रम तय गरेका थिए। 

बिहीबार नै सभापति देउवाले उक्त कार्यक्रम रद्द गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

प्रयागराजमा देउवाले इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुने तय भएको थियो। अन्तिम समयमा महाकुम्भमा अत्यधिक भिड हुने भएकाले नजाने निधो भएको उनको सचिवालयले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update