महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सुरक्षा माग्दै नेपाल विद्यार्थी संघको आन्दोलन
महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीहरूको सुरक्षालाई लिएर विवाद चुलिएको छ। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरूले क्याम्पसमा गुण्डागर्दी गरेको र विद्यार्थीमाथि हातपात गरेको आरोप लागेको छ।
विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति होस्, क्याम्पसलाई शान्ति क्षेत्र घोषित गरियोस्, र विद्यार्थीहरूले निडर वातावरणमा अध्ययन गर्न पाउन भन्ने माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) महेन्द्र बहुमुखी क्याम्पसका सभापति जीवनराज सुवेदीको नेतृत्वमा आन्दोलन जारी छ।
आन्दोलनरत विद्यार्थीहरूले क्याम्पस भित्र कुनै पनि किसिमको अराजकता स्वीकार्य नहुने भन्दै शैक्षिक संस्थालाई राजनीतिक द्वन्द्वको थलो नबनाउन चेतावनी दिएका छन्। उनीहरूले क्याम्पस प्रशासन, सुरक्षाकर्मी, र सम्बन्धित निकायलाई तत्काल आवश्यक कदम चाल्न आग्रह गरेका छन्।
विद्यार्थीहरूको शैक्षिक भविष्य सुरक्षित गर्न र क्याम्पसमा शान्ति तथा अनुशासन कायम गर्न सम्बन्धित पक्षले यथाशीघ्र समाधान खोज्न जोडदार माग राख्दै आन्दोलन गरिरहेको छ।