नेभिगेशन
राजनीति

नेपाली कांग्रेसले विभिन्न भ्रातृ संगठनहरुको अधिवेशन तोकिएकै समयमा गर्ने भएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र विभिन्न भ्रातृ संगठनहरुबीचको छलफलपछि सबै भ्रातृ संगठनहरुको अधिवेशन चैत महिनामै गर्ने निर्णय गरेको हो।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र विभिन्न भ्रातृ संगठनहरुबीचको छलफलपछि सबै भ्रातृ संगठनहरुको अधिवेशन चैत महिनामै गर्ने निर्णय गरेको हो।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही चुनौती भए पनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको बताए।

उनले भ्रातृ संस्थाका निर्देशन समिति र प्रमुखहरुसँग अधिवेशन तयारीका बारेमा छलफल भएको बताए। तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न पार्टीले गर्नुपर्ने सहयोगका बारेमा सुझाव पनि लिएको प्रवक्ता महतले उल्लेख गरे।

प्रवक्ता डा. महतले नेतृत्व तहबाट अधिवेशनको म्याद नथपिने निर्णय भएको बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update