नेभिगेशन
राजनीति

प्रधानमन्त्री ओलीको आग्रह : ‘एमाले ध्वस्त हुने सपना नदेखे हुन्छ’

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले ध्वस्त हुने सपना नदेख्न सबैलाई आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित 'जबजका तीन दशक' विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सञ्चारमाध्यमहरूमा आफू र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लिएर भ्रम फैलाइएको भन्दै त्यसप्रति आक्रोश व्यक्त गरे।

मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले पार्टी एक छ र एकजुट भएर अघि बढ्ने दाबी गरे। उनले भने, "यहाँ मैले बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, अनि एमाले ध्वस्त हुन्छ भन्ने आश गरेर बसेका छन्। तर कुनै बम, बन्दुक, बारुद पड्किनेवाला छैन।"

ओलीले हाल सामाजिक सञ्जाल र अनलाइन माध्यमहरूमा फैलिएका अफवाहप्रति सतर्क रहन सबैलाई आग्रह गर्दै भने, "हामी यस्तो भ्रममा पर्नु हुँदैन। नेकपा एमाले एक छ, एक रहन्छ।"

उनको भनाइमा, पार्टी र विचारको धरातलमा जनताको विश्वास अझै कायम छ र त्यसलाई थप सुदृढ पार्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update