नेभिगेशन
राजनीति

उपमहासचिव बस्नेतले राजनीतिक दलहरूलाई ‘खत्तम’ देखाउने प्रयत्न गरिरहेको आरोप लगाएका छन्।

दलहरूको विकल्प हुन सक्छ, तर उनीहरू निर्विकल्प होइनन्,” उनले भने, “सबै दलहरू गलत हुन् भन्ने धारणा मुलुकका लागि घातक हुन सक्छ, त्यसैले यस्तो नकारात्मक प्रचारबाट देशलाई जोगाउनु आवश्यक छ।”

मंगलबार हेटौंडाको बस्तीपुरमा आयोजित नेपाल शैक्षिक स्वयंसेवी संगठनको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बस्नेतले सरकारका पछिल्ला गतिविधि जनतामैत्री नभएको टिप्पणी गरे। उनले सरकार बिचौलियाको प्रभावमा चलेको आरोप लगाउँदै भने, “सरकारबाट एमालेले फाइदा लिन्छ कि कांग्रेसले भन्ने किसिमको प्रतिस्पर्धा गलत दिशातर्फको संकेत हो।”

उनले राजनीतिक दल र लोकतन्त्रलाई एकअर्कासँग गहिरो रूपमा सम्बन्धित बताउँदै भने, “दलहरू कमजोर भए लोकतन्त्र पनि कमजोर हुन्छ। त्यसैले दलभित्रका कमजोरीहरूलाई स्वीकार गरेर सुधारको बाटोमा अघि बढ्नु आजको आवश्यकता हो।”


 बस्नेतले हाल निर्दलीय व्यवस्थाको पक्षमा गरिँदै आएको प्रचारले राजनीतिक दलहरूलाई ‘खत्तम’ देखाउने प्रयत्न गरिरहेको आरोप लगाएका छन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update