नेभिगेशन
राजनीति

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ,

 

प्रधानमन्त्री केपीशर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार राति भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

 

बाहिर फेरि सरकार परिवर्तनबारे चर्चा चलिरहेका बेला सत्ताधारी दुई ठूला घटकका शीर्ष नेताहरुबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भेटवार्तामा दुबै शीर्ष नेताले बाहिर चलाइएका हल्ला गलत र निराधार भएको बताएको उपप्रधान तथा अर्थमन्त्री पौडेलले जानकारी दिए ।  भेटवार्ताका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी रहेको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update