आइसिसी यू-१९ विश्वकप एसिया छनोटको निर्णायक खेल आज हुँदैछ।
मुलपानी मैदानमा नेपाल, अफगानिस्तान, हङकङ, ओमान र युएईबीच भएको छनोट प्रतियोगिताको अन्तिम खेल आज हुँदैछ।
प्रतियोगितामा नेपालले अफगानिस्तानसँग निर्णायक खेल खेल्दैछ। खेल बिहान साढे ९ बजेदेखि सुरू हुँदैछ।
शनिबार हुने खेल जितेको अवस्थामा नेपाल आगामी वर्ष जिम्बावेमा हुने यू-१९ विश्ककपमा छनोट हुनेछ।
एसिया छनोटको प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवै टोलीले सुरूवाती तीन तीन खेल जितेका छन् भने छ-छ अंक जोडेका छन्। दुवै टोलीले लिग चरणमा युएई, हङकङ र ओमानलाई हराएका थिए।
रनरेटमा नेपालभन्दा अफगानिस्तान अघि छ। त्यसैले भोलिको खेलमा वर्षाले अवरूद्ध भएमा नेपाल विश्वकप होडबाट बाहिरिन सक्छ। नेपालका लागि भोलिको खेलमा जितबाहेक अर्को विकल्प छैन।