नेभिगेशन
खेलकुद

फिफा सिरिज–२०२६: महिला टोलीको बन्द प्रशिक्षणमा ३२ खेलाडी, थाइल्यान्डमा चारदेशीय प्रतिस्पर्धा

अन्तर्राष्ट्रिय फुटबल महासंघ FIFA सिरिज–२०२६ का लागि All Nepal Football Association (एन्फा) ले नेपाली महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३२ खेलाडीलाई समावेश गरेको छ।
आगामी अप्रिलमा Thailand मा आयोजना हुने चारदेशीय सिरिजमा नेपालसहित थाइल्यान्ड, कंगो र ओसियानाबाट एक टोलीले प्रतिस्पर्धा गर्नेछन्। ओसियानाबाट सहभागी हुने टोलीको टुंगो भने अझै लाग्न बाँकी छ।
प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो पहिलो खेल अप्रिल १२ मा Congo विरुद्ध खेल्ने तालिका रहेको छ। दोस्रो खेल अप्रिल १५ मा हुनेछ, जसको प्रतिस्पर्धी पहिलो खेलको नतिजाका आधारमा निर्धारण गरिनेछ। प्रतियोगिताको संरचनाअनुसार पहिलो खेल जित्ने दुई टोली र हार्ने दुई टोलीबीच अलग–अलग प्रतिस्पर्धा हुनेछ।
यस सिरिजमा नेपाली महिला टोलीलाई अन्तर्राष्ट्रिय अनुभव र तयारीको महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ। तर, फिफा सिरिज–२०२६ मा नेपाली पुरुष राष्ट्रिय टोलीको कुनै खेल समावेश गरिएको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update