नेभिगेशन
प्रदेश

निस्दीमा घट्दै छ बालविवाह

बालविवाह न्यूनीकरणका लागि पाल्पाको निस्दी गाउँपालिकाले सचेतनामूलक कार्यक्रममा जोड दिएको छ । पालिकास्तरमा बालविवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेपछि यहाँ पछिल्ला वर्षमा बालविवाह हुने क्रम घट्दो अवस्थामा छ ।

निस्दीमा २०७९ मा २७६ जोडीले बालविवाह गरेकामा २०८१ सालको हालसम्म भने यस्ता आठ जोडी मात्र रहेका बालकल्याण अधिकारी कृश्माखर पाण्डेले जानकारी दिए । उनका अनुसार उमेर नपुग्दै विवाह गर्ने जोडीलाई बालमैत्री शाखाको समन्वयमा अभिभावक, जनप्रतिनिधि, प्रहरीको रोहवरमा २० वर्ष पुगेपछि मात्र विवाह गर्ने सहमतिमा छुटाइने गरिएको छ । यहाँ विसं २०८० मा ५२ जोडीले बालविवाह गरेका थिए ।

बालकल्याण अधिकारी पाण्डेले भने, 'बालविवाह न्यूनीकरण अभियान सञ्चालनपश्चात् यस वर्षमा आइपुग्दा उमेर नपुग्दै विवाह गरेर घरजम गर्नेको सङ्ख्या न्यून हुँदै गएको छ । विद्यार्थीलाई सचेत र थप सक्रिय बनाउन विद्यार्थीमाझ जनचेतनामूलक कार्यक्रम र पालिकामा बालविवाह न्यूनीकरण गर्न २०७९ देखि विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन भइरहेका छन् ।'

गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले आगामी २०८३ सालभित्र बालमैत्री गाउँपालिका घोषणा गर्न पालिकास्तरबाट विभिन्न कार्यक्रमका साथ युवामैत्री पालिका निर्माणमा पनि जोड दिइएको बताए । विद्यालयमा बालविवाह न्यूनीकरण गर्न बालविकासदेखि कक्षा १० सम्मका विद्यार्थीबीच बौद्धिक तथा शारीरिक प्रतियोगिता आयोजना गर्ने गरिएको छ ।

गाउँपालिकाको अभियानअन्तर्गत वडालाई २०८२ भित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित काम भइरहेको निस्दी–२ का वडाध्यक्ष एवं बालमैत्री शासन समिति संयोजक फत्तेसिं दर्लामीले बताए । बालविवाहविरुद्ध सचेतना जगाउन, बालअधिकारको प्रत्याभूति दिलाउन, बालबालिकाको शारीरिक र मानसिक विकासका लागि बालमेला आयोजना गरिएको उनी बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
कर्णाली प्रदेशमा ७२ किमी सडक कालोपत्रे, सुर्खेतमै सबैभन्दा बढी निर्माण

कर्णाली प्रदेशमा ७२ किमी सडक कालोपत्रे, सुर्खेतमै सबैभन्दा बढी निर्माण

बहुवर्षीय योजनामा पारदर्शिता र समयमै अनुमति प्रक्रिया सहज बनाउनुपर्ने ठेकेदारको योग्यता र समयपालनाको अनुगमन गर्न थप संयन्त्र आवश्यक ट्र्याक खोल्ने गतिसँगै ग्राभेल र कालोपत्रेमा प्राथमिकता दिनुपर्ने यसरी हेर्दा...
Weather Update