नेभिगेशन
प्रदेश

कर्णाली प्रदेश स्थापना तथा प्रादेशिक शहीद दिवसमा सरसफाइ कार्यक्रम

कर्णाली प्रदेश स्थापना तथा प्रादेशिक शहीद दिवस २०८२ को अवसरमा सुर्खेतमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

वीरेन्द्रनगर नगरपालिकाको संयोजनमा आयोजित उक्त कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि, सुरक्षाकर्मी, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रह्यो।

कार्यक्रमको उद्देश्य कर्णाली प्रदेशको ऐतिहासिक महत्वलाई स्मरण गर्नुका साथै स्वच्छ र हरित समाज निर्माण गर्ने सन्देश प्रवाह गर्नु रहेको आयोजकले जनाएका छन्।

सडकमा प्लास्टिक, धुलो–मैलो सफा गर्ने क्रममा सहभागीहरूले नागरिकलाई वातावरण संरक्षणमा सक्रिय भूमिका खेल्न आग्रह गरेका थिए। सुरक्षाकर्मी, स्थानीयबासी र सामाजिक अभियन्ताहरू एकैसाथ जुटेर नगरलाई सफा बनाउन योगदान गरेको दृश्य उत्साहजनक बनेको थियो।

प्रत्येक वर्ष भाद्र ६ गते कर्णाली प्रदेश स्थापना दिवस मनाउने परम्परा रहेको छ। यस पटक शहीदहरूको योगदानलाई स्मरण गर्दै सरसफाइ अभियानमार्फत जनचेतना फैलाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
कर्णाली प्रदेशमा ७२ किमी सडक कालोपत्रे, सुर्खेतमै सबैभन्दा बढी निर्माण

कर्णाली प्रदेशमा ७२ किमी सडक कालोपत्रे, सुर्खेतमै सबैभन्दा बढी निर्माण

बहुवर्षीय योजनामा पारदर्शिता र समयमै अनुमति प्रक्रिया सहज बनाउनुपर्ने ठेकेदारको योग्यता र समयपालनाको अनुगमन गर्न थप संयन्त्र आवश्यक ट्र्याक खोल्ने गतिसँगै ग्राभेल र कालोपत्रेमा प्राथमिकता दिनुपर्ने यसरी हेर्दा...
Weather Update