नेभिगेशन
विश्व

युक्रेन युद्ध रोकिने आशा छ : मार्क रुबियो

युक्रेन युद्ध रोकिने आशा छ : मार्क रुबियो

वासिङ्टन डीसी । युक्रेनमा जारी युद्ध रोकिने आशा अमेरिकाले व्यक्त गरेको छ । साउदी अरबमा अमेरिका र युक्रेनी अधिकारीहरूबिचको वार्ता अघि अमेरिकाका शीर्ष कूटनीतिज्ञले यस्तो आशा व्यक्त गरेका हुन् । ‘मैले भनिरहेको छैन कि एक्लै हुनु काफी छ, तर युद्ध अन्त्य गर्न तपाईँलाई यस्ता खालका छुटहरू चाहिन्छ,’ अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले सोमबार भने । एक युक्रेनी अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार मंगलबार हुने वार्तामा युक्रेनले रुससँग हवाई र नौसेना युद्धविरामको प्रस्ताव राख्ने अपेक्षा गरिएको छ । यसअघि रुसले अस्थायी युद्धविरामको विचारलाई अस्वीकार गरेको थियो । यो समय किन्ने र युक्रेनको सैन्य पतन रोक्न गरिएको प्रयास भएको रुसको भनाइ थियो ।सोमबार राति आफ्नो भिडियो सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले वार्ताबाट ठोस नतिजा आउने अपेक्षा गरेको बताएका थिए । युक्रेन युद्धविराम सम्झौताका सर्तहरूमा अमेरिकी र युक्रेनी अधिकारीहरूले मंगलबार रियादमा वार्ता गर्नेछन् । जेलेन्स्की साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई भेट्न सोमबार साउदी अरब पुगेका छन् । तर वार्तामा जेलेन्स्की उपस्थित हुने अपेक्षा गरिएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update