नेभिगेशन
खेलकुद

केपी ओली कपको पहिलो सेमिफाइनलमा आर्मी र संकटा भिड्दै,

केपी ओली कप फुटबल च्याम्पियनसिप मा सेमिफाइनलको पहिलो खेल आज हुँदैछ। आज त्रिभुवन आर्मी क्लब र संकटा एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

केपी ओली कप फुटबल च्याम्पियनसिप को बाँकी रहेको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वर  स्थित दशरथ रंगशालामा हुने राष्ट्रिय युवा संघ नेपाल का उपाध्यक्ष एबम प्रवक्ता कृष्णहरि केसी ले जानकारी दिए।

खेल साझ ५ बजे देखि सुरु हुने छ। भोलि हुने दोस्रो सेमिफाइनल खेलमा केपी एफसी र मछिन्द्र एफसी खेल्ने छन्।

फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्। हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update