नेभिगेशन
खेलकुद

अन्तर्राष्ट्रिय च्याम्पियनसिप फाइनलः पहिलो हाफमा नेपाल र म्यानमारको गोलरहित बराबरी

चार देश सम्मिलित अन्तर्राष्ट्रिय च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र म्यनमारले पहिलो हाफमा गोलरहित बराबरी खेलका छन्। दुबै टिमले केही सिमित र आकर्षक अवसर पाएपनि गोलमा परिणत गर्न नसक्दा खेल गोलरहित बराबरी भयो।

खेलमा म्यानमारले २४ औं मिनेटमा गोलको आर्षक अवसरमा नेपाली डिफेन्डर बाधक बनिन्। योन वादीको प्रहार गोललाइबाट विमला विकेले बचाउ गर्दा नेपाल गोल खानबाट जोगिएको थियो। तर खेलको अन्तिम समयमा नेपालले पनि अग्रताको राम्रो मौका चुकायो।

३४ मिनेटमा सावित्राले वान भर्सेस वानमा गरेको प्रहार गोलरक्षकले सेभ गर्दा पाएको मौकामा रेखा र सरुले गोल गर्न चुके। त्यसपछि खेलको अन्तिम मिनेटमा पनि सावित्राले पाएको मौका गुमाउँदा पहिलो हाफ गोलरहित बराबरीमा सकियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update