नेभिगेशन
विश्व

रुसले शनिवार राति युक्रेनमा ठुलो ड्रोन आक्रमण गरेको छ,

रुसले शनिवार राति युक्रेनमा ठुलो ड्रोन आक्रमण गरेको छ। युक्रेनी युद्ध सुरु भएको तीन वर्ष पूरा हुनुभन्दा एक दिनअघि रुसले यो आक्रमण गरेको हो ।

रुसले एउटै हमलामा कीर्तिमानी २६७ वटा ड्रोन हानेको युक्रेनको वायुसेना कमान्डका प्रवक्ता युरी इग्नाटले भनेका छन् । आक्रमणका कारण रातभर धेरै क्षेत्रहरू ध्वस्त भएको र धेरै भवनहरूमा आगो लागेको युक्रेनी आपत्कालीन सेवाहरूले बताएका छन् । 

यस आक्रमणमा कति जनाको मृत्यु भएको छ भन्ने कुरा अझै स्पष्ट भएको छैन । तर आपत्कालीन सेवाहरूको प्रारम्भिक तथ्याङ्कले कम्तीमा तीन जना घाइते भएको देखाएको छ।

यसैबिच रुसको रक्षा मन्त्रालयले रातभरि रुसले प्रहार गरेका २० वटा युक्रेनी ड्रोनहरू ध्वस्त पारेको बताएको छ।  रुसको आक्रमणपछि, जेलेन्स्कीले एक विज्ञप्तिमा ‘युद्ध जारी छ’ भनेर लेखी  यस क्षेत्रमा शान्ति ल्याउन मद्दतको लागि आग्रह गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update