नेभिगेशन
समाचार

सशस्त्रमा डीआईजी बढुवा: ६ महिना रोकेपछि शक्तिकेन्द्रको आडमा जुनियरलाई सिफारिस

सर्वोच्च अदालतले पद रिक्त भएको तीन महिनाभित्र बढुवा गरिसक्न सरकारलाई आदेश दिएको थियो । तर, सर्वोच्च आदेशविपरीत ६ महिनासम्म रोकेर अहिले वरीयता मिच्दै डीआईजी बढुवा सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालका डीआईजीद्वय अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई ३० वर्षे सेवा अवधिका कारण गत १६ भदौमा अनिवार्य अवकाशमा गए ।

उनीहरू अवकाशमा गएसँगै सशस्त्रमा दुई डीआईजीको पद रिक्त भयो । तर गृह मन्त्रालयले कुनै चासो देखाएन । डीआईजी बढुवाको मुख्य जिम्मेवारी गृहको रहने सशस्त्र प्रहरी नियमावली २०७२ मै उल्लेख छ ।

नियमावलीको दफा ३९ मा बढुवा समितिमा गृहसचिवको अध्यक्षतामा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) सदस्य र आईजीले तोकेको एआईजी वा डीआईजी सदस्यसचिव रहने व्यवस्था छ । यो समितिले सशस्त्रमा डीआईजी पद रिक्त भएको ६ महिनासम्म ‘होल्ड’ गर्‍यो ।

उक्त सिफारिसविरुद्ध चित्त नबुझ्नेले एक साताभित्र उजुरी दिन सक्ने व्यवस्था छ । त्यसपछि बढुवाको कन्फर्म भएर उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिन्छ ।

बिहीबार भएको यो बढुवा सिफारिसमा वरीयता मिच्दै जुनियरलाई बढुवा गरिएको छ भने सिनियरलाई छुटाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update