नेभिगेशन
समाचार

कुसे–८ मा एमालेको मतदाता भेटघाट, दलित समुदायको आकर्षण बढ्दो

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जाजरकोट जिल्लाको कुसे गाउँपालिका–८ मा आयोजना गरेको मतदान भेटघाट कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रीय सदस्य तथा जाजरकोटका उम्मेदवार डम्बर बहादुर सिंह, समानुपातिक उम्मेदवार लाल बहादुर महतारा, जिल्ला सचिव गोपाल नेपाली, सह–सचिव तप्त हमालसहित स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा वडा नम्बर ८ का मतदाताहरूको उल्लेखनीय सहभागिता देखिएको आयोजक पक्षले जनाएको छ। स्थानीयस्तरमै पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको बताइएको छ।
यसैबीच, कुसे–८ का मग बहादुर नेपालीले कार्यक्रममा औपचारिक रूपमा एमाले प्रवेश गरेका छन्। उनलाई पार्टीका नेताहरूले स्वागत गरेका थिए।


उता, नेपाली कांग्रेस बाट दलित समुदायका केही सदस्यहरूले असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्न थालेको चर्चा स्थानीय तहमा चलिरहेको छ। कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले दलित समुदायलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै केही स्थानीयले राजनीतिक धार परिवर्तन गर्ने संकेत गरेका हुन्।


स्थानीय राजनीतिक वृत्तमा यस घटनालाई आगामी निर्वाचन सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ। विभिन्न दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै जाँदा समुदायस्तरमा देखिएको असन्तुष्टि र प्रवेश कार्यक्रमहरूले चुनावी समीकरणमा प्रभाव पार्ने विश्लेषण गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update