नेभिगेशन
समाचार

नेपाललाई दिएको अनुदानलाई ट्रम्पले ‘फ्रड’ भनेपछि शंकर पोख्रेल- गरिवी माथिको अपमानबाट जोगिन आफ्नो देश आफैं बनाऔं

नेपाललाई दिएको अनुदानलाई ट्रम्पले ‘फ्रड’ भनेपछि शंकर पोख्रेल- गरिवी माथिको अपमानबाट जोगिन आफ्नो देश आफैं बनाऔं

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरिवीबाट जोगिन् र अपमान हुनबाट बच्न आफ्नो देश आफै बनाउनुपर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फ्रड’ भन्दै नेपाललाई दिने गरेको अनुदान रकम कटौती गरेपछि पोख्रेलले सो कुरा बताएका हुन् ।

‘विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिसत हिस्सा सम्वन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हून भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि’ उनले भनेका छन् ‘गरिवी माथिको अपमानवाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा जुटौ र भनौं । हामी बनाउछौ हाम्रो देश नेपाल’ ।गत मंगलबार अमेरिकाको फ्लोरिडास्थित मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले नेपाललाई वित्तीय संघीयताका लागि दिने २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणका लागि दिने १९ मिलियन डलरसहित ३९ मिलियन डलर (करिब ५ अर्ब ४३ करोड रुपैयाँ) रोकिएको जानकारी दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update