नेभिगेशन
विश्व

अमेरिकाबाट डिपोर्ट गरिएको तर स्वदेश नपुगेका ३०० जना आप्रवासी यतिबेला पानामाको होटलमा फसेका छन् ।

अमेरिकाबाट डिपोर्ट गरिएको तर स्वदेश नपुगेका ३०० जना आप्रवासी यतिबेला पानामाको होटलमा फसेका छन् । यहाँ राखिएकामध्ये धेरैजसो नेपाल, भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र चीनका नागरिकहरू भएको भन्दै साउथ चाइना मर्निङ पोष्टले एउटा समाचारमा भनेको छ ।

फर्कने व्यवस्था नभएसम्म उनीहरू सबै यही होटलमा राखिनेछ । यिनीहरूलाई होटलबाट बाहिर निस्कन अनुमति दिइएको छैन । अधिकारीहरूका अनुसार यहाँ रहेका ४० प्रतिशत भन्दा बढी आप्रवासीहरू आफ्नो देश फर्कन तयार छैनन् ।  होटलमा थुनिएका सबै आप्रवासीहरूको अवस्था धेरै दयनीय भएको बताइएको छ । 

यसैबिच, पानामाका सुरक्षा मन्त्री फ्रान्क अब्रेगोले सबै आप्रवासीहरूले चिकित्सा सुविधा र खाना पाइरहेका दाबी गरेका छन् । यो सम्पूर्ण व्यवस्था अमेरिका र पानामा बीचको सम्झौता अन्तर्गत भइरहेको पनि उनले बताए । सम्पूर्ण अपरेशनको लागत अमेरिकाले बेहोरिरहेको भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update