नेभिगेशन
समाचार

अनुदानलाई निरन्तरता दिन एमसीसीले अमेरिकी विदेश मन्त्रालयलाई निवेदन दिने भएको छ ।

अमेरिकी सरकारले एमसिसीको अनुदान रोक्ने निर्णय गर्दैगर्दा यता नेपालमा १० कम्पनीले प्रसारण लाइन परियोजना निर्माणका लागि बोलपत्र पेस गरेका छन् ।

अमेरिकी सहायता नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को अनुदान तथा नेपाल सरकारको लगानीमा निर्माण हुने कुल २ सय ९७ किलोमिटर ४०० केभी प्रसारण लाइनलाई तीन लटमा विभाजन गरी बोलपत्र आह्वान भएकोमा १० कम्पनीले निवेदन दिएको एक निर्माण कम्पनीका प्रतिनिधिले अनलाइनखबरलाई जानकारी दिए ।

२ फागुनमा एमसीसीले नेपाल सरकारलाई इमेल पठाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरीको कार्यकारी आदेश कार्यान्वयनका क्रममा तीन महिनाका लागि एमसीसीलाई भुक्तानीलगायत थप दायित्व सृजना हुने कुनै गतिविधि नगर्न भनेको छ ।

, यसअघि नै टेन्डर आह्वान भएकोमा कम्पनीहरूले दिएको आवेदन भने एमसीए नेपालले स्वीकृत गरेको छ । नयाँ परिस्थितिमा टेन्डर प्रक्रिया कसरी अघि बढ्छ भनी अनलाइनखबरले एमसीए नेपाललाई जिज्ञासा राखेको छ । यो समाचार तयार पाने बेलासम्म जवाफ प्राप्त भएको छैन ।

एमसीए नेपालले २ सय ९७ किलोमिटर प्रसारण लाइनलाई तीन लटमा विभाजन गरेको छ । पहिलो लटमा लप्सीफेदी सबस्टेसनदेखि रातमाटे सबस्टेसनसम्मलाई राखिएको छ । यही लटमा रातमाटे सबस्टेसनदेखि न्यू हेटौंडा सबस्टेसन निर्माणलाई पनि समावेश गरिएको छ ।

यो लटको प्रसारण लाइन निर्माणका लागि चारवटा कम्पनीहरू इच्छुक देखिएका छन् । तर, कुनकुन कम्पनीले बोलपत्र हालेको भन्नेबारे एमसीए नेपालले खुलाएको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update