एक सूचना जारी गर्दै उनले त्यहाँ रहेका नेपाली विद्यार्थीको सुरुक्षा सुनिश्चितताका लागि सहायता कक्ष (हेल्पडेस्क)समेत राखिएको जनाउँदै विद्यार्थीलाई कुनैपनि खालको सहायतका आवश्यकता परेमा सहयोग लिनसक्ने जनाएका छन्।
यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लख गर्दै विद्यार्थीको सुरक्षा र सहायताका लागि २४ सै घण्टा सहायताकक्ष सक्रिय रहने उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
केआईआईटीमा विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ पश्चात् विरोध गर्ने नेपाली विद्यार्थीलाई रातारात निकाल्ने र दुर्व्यवहार गर्ने गरेको पाइएपछि विद्यार्थीको सुरक्षाका सम्बन्धमा सबैको चासो छ।
पछि कलेजले सबै विद्यार्थीलाई फिर्ता बोलाएको थियो। त्यहाँ रहेका विद्यार्थीको सुरक्षा र दोषिलाई कारवाहीका निम्ति परराष्ट्रमन्त्री आर्जु राणा देउवाले त्यहाँका शिक्षामन्त्री समक्ष अनुरोध गरेकी थिइन्।
भिडियो कलमार्फत कुराकानी गरेकी मन्त्री देउवालाई ओडिसाका शिक्षामन्त्रीले सुरक्षाको प्रतिबद्धता गरेका हुन्।
साथै, उनले भारत र नेपालबीचको गहिरो सम्बन्धलाई बलियो बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका थिए।
यस्तो छ ओडिशा राज्य सरकारका उच्च शिक्षा मन्त्रीद्वारा गरिएको पोष्ट:
ओडिशा ‘वसुधैव कुटुम्बकम’ को दर्शनमा उभिएको छ। केआईआईटी विश्वविद्यालयमा भएको दुखद् घटनाको बारेमा नेपालका प्रतिनिधिहरू श्री संजीव दास शर्मा र श्री नवीन राज अधिकारीसँग माननीय स्वास्थ्यमन्त्री डा. मुकेश महालिङ र मुख्य सचिव श्री मनोज आहुजाको उपस्थितिमा छलफल गरिएको थियो। नेपालका माननीय परराष्ट्रमन्त्री डा. आर्जु राणा देउवालाई भिडियो कलमार्फत ओडिशामा रहेका नेपाली विद्यार्थीहरूको लागि उच्चतम सुरक्षाको साथसाथै निष्पक्ष अनुसन्धानको आश्वासन दिइएको थियो।
मृतक छात्रा नेपालकी छोरी मात्र नभई ओडिशाकी पनि थिइन्। हाम्रो सरकार द्रुत न्याय सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध छ, र यस विषयमा पूर्ण रूपमा अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरिएको छ।
यस संवेदनशील क्षणमा, क्याम्पसमा शान्ति कायम राख्नु र सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्नु हाम्रो सर्वोच्च प्राथमिकता हो। ओडिशा सरकारले तुरुन्तै गरिएको कारबाहीलाई नेपालका परराष्ट्रमन्त्री र सरकारले स्वीकार र प्रशंसा गरेको छ। हामी भारत र नेपालबीचको गहिरो सम्बन्धलाई बलियो बनाउन प्रतिबद्ध छौं।