नेभिगेशन
समाचार

ज्ञानेन्द्रको विज्ञप्तिले हौसियो राप्रपा, लोहनी र राणा भन्छन्- पूर्व राजाले नेपालीको साथ खोजिबक्सियो, हाम्रो पूर्ण समर्थन छ

ज्ञानेन्द्रको विज्ञप्तिले हौसियो राप्रपा, लोहनी र राणा भन्छन्- पूर्व राजाले नेपालीको साथ खोजिबक्सियो, हाम्रो पूर्ण समर्थन छ

काठमाडौं । ७५औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यलाई लिएर राजनीतिमा तरंग उत्पन्न भएको छ । मंगलबार पूर्व राजा ज्ञानेन्द्रले एक विज्ञप्ति जारी गर्दै देशको इतिहास मेटिँदै गएको र नेपालको अस्तित्व नासिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिएनेपालीको पसिना आफ्नो माटोमा होईन, अन्तै पोखिरहेको छ । जन्मदैं नेपालीको शीरमा हजार होइन लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार, व्यवसाय निरन्तर धरासायी बन्दैछन् । हुँदाहुँदा हाम्रा शिक्षालयहरुमा समेत शिक्षक र विद्यार्थीहरु पातलिँदै गएका छन् । नेपालका पद्धति, नीति र गतिविधि ठीक छैन्, यहाँ बसेर केही हुँदैन । श्रम, सीप चेतना र ज्ञान भएका हाम्रा नागरिकहरुमा त्यसप्रकारको भाष्य चलिरहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन्’ पूर्व राजाले भनेका थिए ।

पूर्व राजा शाहले देशलाई राम्रो होस भनेर आफूहरुले सबै कुरा त्याग गरेको र फेरि पनि आवश्यक परेमा त्याग गर्न तयार रहेको बताएका छन् । उनले आफूहरुले गरेको त्यागलाई असामान्य नठान्न पनि आग्रह गरेका छन् ।

‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुनेछ। राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ । हामीले पहिलेपनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिको लागि हामीबाट अरु के को त्याग गर्नुपर्ने हो, हामी तयार छौं । अब समय आयो, राष्ट्र जोगाउन हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिको निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं’ उनले

पूर्व राजाले विज्ञप्ति जारी गरेपछि त्यसको पक्ष र विपक्षमा मत जाहेर भइरहेको छ । राजसंस्था पुर्नस्थापना र हिन्दुराज्य स्थापनाको एजेण्डा बोकेर राजनीति गर्दै आइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केही नेताहरु पूर्व राजाको वक्तव्यको पक्षमा देखिएका छन् । राप्रपा महामन्त्री धवलशमसेर जबरा र राप्रपा निर्देशक समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनीले खुलेरै ज्ञानेन्द्रको प्रशंसा गरेका छन् ।

पूर्व अर्थमन्त्रीसमेत रहेका लोहनीले ज्ञानेन्द्रको विज्ञप्तिप्रति समर्थन जनाउँदै तत्काल पार्टीले कार्य सम्पादन समितिको बैठक डाक्नु पर्ने र त्यहाँ यस विषयमा छलफल हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update