नेभिगेशन
समाचार

भिरबाट लडेर नेकपा (एमाले) कुसे गाउँपालिका की पूर्व उपसचिव देवीसरा बादीको असामयिक निधन

जाजरकोट जिल्लाको कुशे गाउँपालिका – १ की समाजसेवी तथा महिला स्वास्थ्य स्वयंसेविका देवीसरा बादीको भिरबाट लडेर असामयिक निधन भएको छ। उनी नेकपा (एमाले) कुशे गाउँपालिका कमिटीकी पूर्व उपसचिव समेत थिइन्।

जाजरकोट जिल्लाको कुशे गाउँपालिका – १ की समाजसेवी तथा महिला स्वास्थ्य स्वयंसेविका देवीसरा बादीको भिरबाट लडेर असामयिक निधन भएको छ। उनी नेकपा (एमाले) कुशे गाउँपालिका कमिटीकी पूर्व उपसचिव समेत थिइन्।

घटनाबारे प्राप्त प्रारम्भिक जानकारीअनुसार, उनी घर नजिकैको भिरमा खस्दा गम्भीर घाइते भएकी थिइन्। घाइते अवस्थामै उद्दार गरिए पनि चिकित्सकीय उपचार नपाउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

समाजसेवा र स्वास्थ्य क्षेत्रमा सक्रिय योगदान दिँदै आएकी बादीको असामयिक निधनले गाउँपालिकामा शोकको वातावरण छाएको छ। स्थानीयबासी, राजनीतिक सहकर्मी तथा शुभचिन्तकहरूले उनको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन्।

यस दुखद घटनाप्रति नेकपा (एमाले) कुशे गाउँपालिका कमिटीले शोक वक्तव्य जारी गर्दै उनको योगदान सदैव स्मरणीय रहने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update