जुन उमेरमा पनि दिमागलाई पहिले भन्दा तेज र बलियो बनाउन सकिन्छ।
व्यायाम
व्यायामले मस्तिष्कको क्षमतालाई सुधार गर्छ । व्यायामले मस्तिष्क कोषहरू बीचको सञ्चारलाई सुधार गर्छ। कार्डियो व्यायाम गर्दा, अधिक अक्सिजन प्राप्त हुन्छ र यदि यी व्यायामहरू बाहिर गरिएको छ भने भिटामिन डी पनि प्राप्त हुन्छ ।
शारीरिक गतिविधि बढाउँदा मस्तिष्कमा रक्तसञ्चार पनि बढ्छ । यसले मस्तिष्कको नयाँ न्यूरोन्स बनाउँछ र मस्तिष्कको प्लास्टिसिटी बढाउँछ । यसले मेमोरी र संज्ञानात्मक कार्यलाई बढाउँछ ।
केही गतिविधिका साथ सम्झने
केही गतिविधिको साथ केही काम गरेमा सम्झिने सम्भावना बढी हुन्छ । उदाहरणका लागि यदि कुनै प्रस्तुतीकरण वा भाषण दिनु छ भने, त्यसका लागि तयारी गर्दा हिँड्दै वा नाच्दै आफ्ना नोटहरू कण्ठ गरियो भने त्यो छिटो याद हुन्छ ।
सन्तुलित आहार
दैनिक जति चिनी र क्यालोरी खाइन्छ त्यसको २० प्रतिशत सिधै मस्तिष्कमा जान्छ, त्यसैले मस्तिष्कको कार्यशैली ग्लुकोजको स्तरमा निर्भर हुन्छ । यदि चिनीको मात्रा नियन्त्रण गरिएन भने दिमाग अन्योलमा पर्नसक्छ र मस्तिष्कको कार्यशैली उल्टै प्रभावित हुनसक्छ ।
केमिकल डोपामाइन निकाल्ने खानेकुरा खानु मस्तिष्कका लागि राम्रो हुनसक्छ । मस्तिष्क कोशिका बोसोबाट बनेको हुन्छ, त्यसैले खानामा बोसोको प्रयोग पनि गर्नुपर्छ । साथै ड्राईफ्रुट, गेडागुडी , नासपाती र माछाजस्ता खानेकुरा मस्तिष्कका लागि राम्रो हुन्छ ।
तनाव व्यवस्थापन
तनाव मस्तिष्कका लागि राम्रो हुन्छ किनकि मस्तिष्कले आपतकालीन अवस्थामा मात्र छिटो सोच्छ । तर लामो समयसम्म तनावमा रहनु मस्तिष्कका लागि राम्रो होइन । त्यसैले समय-समयमा एकान्तमा रमाउनु राम्रो हुन्छ । यसले मनलाई आराम मिल्छ । तर, यस समयमा मस्तिष्कको अर्को भाग प्रयोग गर्न सकिन्छ । यो दिमागको त्यो भाग हो, जुन दिनमा सपना देख्नमा प्रयोग हुन्छ । यो स्मरण शक्ति कायम राख्नका लागि धेरै महत्त्वपूर्ण हुन्छ ।
मानसिक व्यायाम
जसरी शारीरिक व्यायाम शरीर र मानसिक स्वास्थ्यका लागि आवश्यक हुन्छ । मानसिक व्यायाम पनि दिमागका लागि आवश्यक हुन्छ । मानसिक व्यायामले मस्तिष्कको न्यूरल जडानलाई बलियो बनाउँछ। पजल, चेस जस्ता खेल खेल्नु, नयाँ भाषा सिक्नु वा नयाँ सीप विकास गर्नु मस्तिष्क शक्ति बढाउने राम्रो तरिका हो ।
नयाँ चुनौती खोज्ने
दिमागलाई स्वस्थ राख्नका लागि, यसलाई चुनौती दिइरहनु र नयाँ चीजहरू सिक्न प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ । यसको मतलब, नयाँ भाषा वा नयाँ कला सिकेर आफ्नो मस्तिष्कको क्षमता बढाउन सक्नुहुन्छ । यदि यो सबै गर्न सक्षम हो भने साथी र परिवारका सदस्यहरूसँग अनलाइन गेम खेलेर पनि दिमागलाई चुनौती दिन सकिन्छ ।
संगीत सुन्ने
संगीतले दिमागमा जादुई प्रभाव पार्छ। कसैलाई गीत सुन्दा सम्पूर्ण शरीर सक्रिय भएको महसुस हुन्छ । संगीत सुन्नुको फाइदा स्मरण शक्ति कम हुने अवस्थामा पनि प्रभावकारी देखिएका छन्।
पढ्ने र सुत्ने
केही नयाँ कुरा पढियो भने दिमागमा दुई वटा कोषहरूको तार जोडिन्छ, । केही समय पढेर सुत्दा यो सम्बन्ध बलियो हुन्छ र जे पढिन्छ त्यो मेमोरीमा समाहित हुन्छ ।
त्यसैले स्मरण शक्तिका लागि निद्रा सबैभन्दा महत्त्वपूर्ण कारक हो । त्यसैले सुत्नुअघि चलचित्र वा डरलाग्दा कथाहरू हेर्नबाट जोगिनुपर्छ । कुनै ज्ञानवर्द्धक किताब पढेर सकारात्मक अनुभव लिएर सुत्नुपर्छ।
ध्यान
ध्यानले स्मरण क्षमता बढाउँछ, जसले कुनै पनि काम राम्रो तरिकाले गर्न सक्षम बनाउँछ । दैनिक ध्यान गरेर सानो-सानो कुरा सम्झन सकिन्छ । ध्यानले मस्तिष्कमा ‘ग्रे’ पदार्थको मात्रा बढाउँछ, जसले मेमोरी र भावनालाई नियन्त्रण गर्छ ।
पर्याप्त निद्रा
सुत्दा मनलाई आराम मिल्छ । यस समयमा, यसले दिनभरि प्राप्त जानकारीलाई प्रशोधन गर्दछ, मेमोरी बनाउँछ र विषाक्त पदार्थहरू हटाउँछ । निद्रा धेरै महत्त्वपूर्ण छ, यदि पाँच घण्टा भन्दा कम सुतियो भने मानसिक रूपमा सतर्क हुन सकिँदैन । त्यसैले दैनिक ६ देखि ८ घण्टा सुत्नुपर्छ ।