नेभिगेशन
खेलकुद

नेपाल आज किर्गिस्तानसँग खेल्दै : अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ। चार देश सम्मिलित च्याम्पियनसिप दशरथ रंगशालामा सुरू हुन लागेको हो।

दिउँसो २ बजे हुने उद्घाटन खेल म्यानमार र लेवनानबीच हुनेछ।

साँझ ६ बजे नेपाल र कीर्गिस्तानबीच खेल हुनेछ। 

फिफा वरीयतामा कीर्गिस्तान नेपालभन्दा तल छ। नेपाल १०३ औं स्थानमा रहँदा किर्गिस्तान १२८ औं स्थानमा छ।

कीर्गिस्तानसँग नेपाल एकपटक मात्रै खेलेको छ। ६ वर्षअघि भएको भएको खेलमा नेपाल ८-२ गोलले विजयी भएको थियो।

यद्यपि ६ वर्षअघि जित निकालेको भएपनि अहिले सो टोली बलियो रहेको नेपालका प्रशिक्षक  राजेन्द्र तामाङले आइतबार पत्रकार सम्मेलनमा बताएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update