नेभिगेशन
प्रदेश

चाडपर्व र संस्कृतिले राष्ट्रिय एकतालाई अझ सुदृढ गर्छ : प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले चाडपर्व र संस्कृतिले नेपालीबिचको एकतालाई अझ सुदृढ गर्ने बताएका छन् ।

Screenshot_20250130-145210-1738228158.jpg
तामाङ समुदायको महान पर्व ‘२८६१ औँ सोनाम ल्होसार’ को अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताए ।सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिनमा मनाइन्छ । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङका साथै ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले पनि आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको सन्देशमा भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
कर्णाली प्रदेशमा ७२ किमी सडक कालोपत्रे, सुर्खेतमै सबैभन्दा बढी निर्माण

कर्णाली प्रदेशमा ७२ किमी सडक कालोपत्रे, सुर्खेतमै सबैभन्दा बढी निर्माण

बहुवर्षीय योजनामा पारदर्शिता र समयमै अनुमति प्रक्रिया सहज बनाउनुपर्ने ठेकेदारको योग्यता र समयपालनाको अनुगमन गर्न थप संयन्त्र आवश्यक ट्र्याक खोल्ने गतिसँगै ग्राभेल र कालोपत्रेमा प्राथमिकता दिनुपर्ने यसरी हेर्दा...
Weather Update