काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव समरजंगले सामन्तवादकाे अन्त्य गर्दै समाजवाद स्थापनाका लागि महान जनयुद्ध गरेकाे बताएका छन् । आज ३० औं जनयुद्ध दिवसको अवसरमा एक सुभकामना वक्तव्य प्रकाशित गर्दै उक्त कुरा बताएका हुन् । उनलेे : “सर्वप्रथम ३० औं महान् जनयुद्ध दिवसका अवसरमा समाजवादी कम्युनिस्ट पार्टी नेपाल महान् जनयुद्ध, जनआन्दोलन र जनक्रान्तिमा अमूल्य जीवन बलिदान गर्ने मृत्युञ्जयी हजारौंहजार महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । सम्पूर्ण बेपत्ता तथा घाइते योद्धाहरूलाई विशेष स्मरण एवम् उच्च सम्मान गर्दछ। यस ऐतिहासिक अवसरमा सम्पूर्ण सहिद-बेपत्ता परिवार, आपाङ्ग-घाइते योद्धा, देश तथा विदेशमा रहनुहुने आमा-बुवा, दाजु-भाइ र दिदी-बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।” सुभकामना व्यक्त गरेका छन् । उनलेे जारी गरेको वक्तव्य जस्ताको त्यस्तै :
“नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थाको चौतर्फी प्रतिरोध गरौं ! नाङ्गो अवसरवाद र सबैखाले संशोधनवादसँग सङ्घर्ष गर्दै वैज्ञानिक समाजवादी जनक्रान्ति सफल पारौं !!
हार्दिक आह्वान
३० औं महान् जनयुद्ध दिवस भव्यतापूर्वक मनाऔं
आदरणीय जनसमुदाय !
सर्वप्रथम ३० औं महान् जनयुद्ध दिवसका अवसरमा समाजवादी कम्युनिस्ट पार्टी नेपाल महान् जनयुद्ध, जनआन्दोलन र जनक्रान्तिमा अमूल्य जीवन बलिदान गर्ने मृत्युञ्जयी हजारौंहजार महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । सम्पूर्ण बेपत्ता तथा घाइते योद्धाहरूलाई विशेष स्मरण एवम् उच्च सम्मान गर्दछ। यस ऐतिहासिक अवसरमा सम्पूर्ण सहिद-बेपत्ता परिवार, आपाङ्ग-घाइते योद्धा, देश तथा विदेशमा रहनुहुने आमा-बुवा, दाजु-भाइ र दिदी-बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ साल फागुन १ गते पहल र प्रारम्भ गरिएको महान् जनयुद्ध नेपाली जनवादी क्रान्ति तथा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एक महान् परिघटना हो। नयाँ जनवादी क्रान्तिको आवश्यक तयारी गर्दै तथा दक्षिणपन्थी संशोधनवादका विरुद्ध विचारधारात्मक सङ्घर्ष चलाउँदै महान् जनयुद्धको सुरुआत भयो। नेपालमा सर्वहारा वर्गको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध नयाँ जनवादी गणतन्त्र स्थापना गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका लागि महान् जनयुद्धको पहल र प्रारम्भ गरिएको थियो। दस वर्षसम्म सञ्चालित महान् जनयुद्ध मजदुर किसान एकताका आधारमा महिला, जनजाति, दलित, मधेसी, मुस्लिमसहित आमउत्पीडित जनताको सहभागितामा आधारइलाका, जनमुक्ति सेना नेपाल, जनसरकार, जनकम्युन, जनसहकारी, नमुना विद्यालय, अस्पताल लगायत नयाँ सत्ता स्थापना गर्दै रणनीतिक रक्षा, सन्तुलन र प्रत्याक्रमणका चरण पार गरी ऐतिहासिक उपलब्धि हासिल गर्दै अगाडि बढ्यो। त्यसले नेपालको राजनीतिमा आकर्षणको केन्द्र निर्माण, उलटपुलट एवम् उथलपुथल पैदा गन्यो। महान् जनयुद्ध नेपाली मात्र होइन, विश्वका सर्वहारा तथा उत्पीडित जनसमुदायको आशा र उज्ज्वल भविष्यको केन्द्र बन्यो। जनयुद्धका क्रममा प्रतिक्रियावादी सत्तामाथि चौतर्फी धावा बोलेर नेपाललाई विश्वक्रान्तिको आधारइलाकासम्म घोषणा गरेका थियौँ। कथित विस्तृत शान्तिसम्झौतायता पार्टीको प्रमुख नेतृत्वपङ्क्तिमा पैदा भएको गम्भीर प्रकृतिको दक्षिणपन्थी विचलन तथा विश्वासघातका कारण क्रान्तिमा गम्भीर धोका, आघात र प्रतिक्रान्ति भयो ।