नेभिगेशन
समाचार

बाँसगढी-३ पुष्पनगर चोकदेखि लक्ष्मणपुर सडकखण्डमा विकास निर्माण तीव्र

बाँसगढी नगरपालिका-३ पुष्पनगर चोकदेखि उत्तरतर्फ लक्ष्मणपुर जाने सडकको दुबैतर्फ पक्की नाला निर्माण तथा सडक कालोपत्रे गर्ने कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ।

बाँसगढी नगरपालिका-३ पुष्पनगर चोकदेखि उत्तरतर्फ लक्ष्मणपुर जाने सडकखण्डमा पक्की नाला निर्माण तथा कालोपत्रे गर्ने कार्य तीव्र गतिमा अघि बढिरहेको छ। स्थानीयवासीकै माग र आवश्यकतालाई ध्यानमा राख्दै यो विकास निर्माण कार्य गुणस्तरीय र दीर्घकालीन टिकाउ हुने गरी अघि बढाइएको नगर प्रमुखले बताएका छन्।

नगर प्रमुखका अनुसार वडा नं. ३ को विकासलाई थप गति दिने उद्देश्यले योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिँदैछ। निर्माणस्थलमा नियमित अनुगमन गर्दै गुणस्तर कायम राख्न विशेष ध्यान दिइएको छ। स्थानीय बासिन्दाको सुझावलाई समेत ग्रहण गर्दै विकास निर्माणलाई अझ मजबुत बनाउने प्रयास भइरहेको प्रमुखको भनाइ छ।

नगरपालिकाले निर्माणस्थलहरूको निगरानीलाई अझ प्रभावकारी बनाउने र स्थानीयको सल्लाह–सुझावलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। नगर प्रमुखले सबैलाई विकास कार्यमा सकारात्मक सहभागिता जनाउन आह्वान गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update