नेभिगेशन
समाचार

पादुका जात्रामा कला, संस्कृति र सभ्यताको प्रवर्द्धनम प्रदेश इन्चार्ज बोगटी ।

पादुका जात्रामा कला, संस्कृति र सभ्यताको प्रवर्द्धनम प्रदेश इन्चार्ज बोगटी ।

पादुका जात्रामा कला, संस्कृति र सभ्यताको प्रवर्द्धनम प्रदेश इन्चार्ज बोगटी ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-६, पादुका जात्रामा कला, संस्कृति र सभ्यताको प्रवर्द्धन गर्ने उद्देश्यसहित देउँडाखेलको आकर्षण बढ्दै गएको छ। नेपाली जनताको मनोरञ्जनको एक प्रमुख माध्यम बन्दै गएको देउँडा खेललाई अझ उचाइमा पुर्‍याउन तथा यसको प्रचार-प्रसार र विस्तार गर्ने मान्यतासहित विभिन्न राजनीतिक तथा सांस्कृतिक व्यक्तित्वहरूको उपस्थितिमा विशेष कार्यक्रम सम्पन्न भयो।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटी, केन्द्रीय सदस्य राजबहादुर बुढा, नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य जग्य बहादुर शाही, केन्द्रीय सल्लाहकार परिषद् सदस्य खड्कराज उपाध्याय, कर्णाली प्रदेशसभा सदस्य इन्द्रा शाही, नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य भरत बहादुर शाही, दिनेश बिक, जिल्ला कमिटी सचिवालय सदस्य विष्णु शाही, भुपेन्द्र शाही लगायतका नेताहरूको उपस्थितिमा देउँडा खेलको आयोजना गरिएको थियो।

लोकप्रिय देउँडा कलाकार नेत्रराज शाही, विपना सिंह, कर्णबहादुर शाही, गणेश बहादुर खड्का लगायतका खेलाडीहरूको सहभागिता रहेको उक्त खेलमा नेत्रराज शाही र विपना सिंहबीचको घम्साघम्सी देउँडाले दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्‍यो।

नेकपा (एमाले) को तीन महिने वडा केन्द्रित अभियानको क्रममा यो पहिलो पटक दैलेख जिल्लाको पादुका मेलामा सहभागी हुने अवसर मिलेको नेताहरूले बताएका छन्। हरेक वर्ष माघको अन्तिम दिन हजारौं जनसमुदायको उपस्थितिमा मनाइने यो जात्राले कला र संस्कृतिको जगेर्ना गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

कार्यक्रमका सहभागीहरूले दैलेख जिल्लाका नेकपा (एमाले) नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद व्यक्त गर्दै देउँडा खेल र पादुका जात्रालाई अझ भव्य बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update