सिस्नु: साग तरकारी वनस्पति मात्र होइन पहाडको पहिचान हो!
नेपालको पहाडी भेगमा पाइने एउटा महत्वपूर्ण वनस्पति हो— सिस्नु (Urtica dioica)। यो वनस्पति बारीको छेउ, खोल्साखोल्सी, पाखोबारी तथा जंगलको आसपास स्वाभातविक रूपमा उम्रने गर्छ। सिस्नु छुँदा छालामा जलन, चिल्लापन तथा खटिरा आउने भएकाले धेरैले यसलाई अलिक असहज वनस्पति ठान्छन्। तर, यसको औषधीय तथा पोषणात्मक गुणलाई हेर्दा, सिस्नु एक बहुमूल्य वनस्पति हो, जसले परम्परागत नेपाली भोजन तथा स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। सिस्नु खाँदा मिठो हुन्छ झन पोलेको खुर्सानी मकैको रोटी संग खाने बानी परेका विध्यार्थी पढाई को सिलसिलामा सहर बजार पढ्न आएको भए घरमा गए भने दाँतको गिजा हरियो हुने गरी खान्छन्। मिठो स्वाधिलो हुने भएकोले खाना नपाउँदा सम्झिने पनि धेरै ले गर्छन यस तरकारीलाई केहि तथ्यहरु संकलन गरेर तुलनात्मकरुपमा अध्ययन गर्दा सहर बजार मा आलु जसरी सबैको भान्सामा पाग्छ सिस्नुलाइ पनि पहाडी भेगमा त्यसैगरी सबैको भान्सामा पाक्ने तरकारी हो।
सिस्नुका पोषण तत्व
सिस्नुमा मानव शरीरलाई आवश्यक पर्ने विभिन्न पौष्टिक तत्व पाइन्छन्, जसले यसलाई एक स्वस्थकर तरकारी बनाउँछ। सिस्नुमा पाइने मुख्य पोषक तत्वहरू निम्नानुसार छन्:
प्रोटिन – शरीरका लागि आवश्यक एमिनो एसिड पाइन्छ।
भिटामिन ए, सी, के – प्रतिरोधी क्षमता बढाउने तथा छालाको स्वास्थ्यका लागि उपयोगी।
क्याल्सियम, आइरन, म्याग्नेसियम – हड्डी बलियो बनाउने, रक्तसंचार सुधार गर्ने।
एन्टिअक्सिडेन्ट – शरीरलाई हानिकारक टक्सिनहरूबाट जोगाउने।
फाइबर – पाचन प्रणालीलाई मजबुत बनाउने।
सिस्नुका औषधीय गुणहरू
नेपाली समाजमा सिस्नुको औषधीय महत्व अत्यन्त गहिरो छ। हाम्रा पाका बुढापाकाहरूले यसलाई प्राकृतिक औषधिको रूपमा प्रयोग गर्ने गरेका छन्। वैज्ञानिक रूपमा पनि सिस्नुमा रहेका तत्वहरूले विभिन्न स्वास्थ्य फाइदा पुर्याउने प्रमाणित भइसकेको छ।
रोग प्रतिरोधात्मक क्षमता वृद्धि – सिस्नु सेवनले शरीरको इम्युनिटी बढाउने भएकाले जाडोयाममा यसको झोल पिउन सिफारिस गरिन्छ।
गठिया तथा संधिजोर्नी दुखाइ कम गर्ने – सिस्नुको झोल अथवा तेलले मालिस गर्दा जोर्नीको दुखाइ कम गर्छ।
रक्तसञ्चार सुधार गर्ने – यसमा पाइने आइरनका कारण रक्तअल्पता (एनिमिया) भएकाहरूलाई विशेष लाभदायक हुन्छ।
पाचन प्रणालीलाई बलियो बनाउने – यसमा उच्च मात्रामा फाइबर पाइने भएकाले पेटको गडबडी सुधार्न मद्दत गर्छ।
मधुमेह नियन्त्रण गर्ने – सिस्नु सेवनले रगतमा सुगरको मात्रा सन्तुलित राख्न मद्दत गर्छ।
छालाको समस्याबाट बचाउने – सिस्नुको झोल वा पेस्ट बनाएर छालामा लगाउँदा एलर्जी, डन्डिफोर, एक्जिमा जस्ता समस्यामा फाइदा पुर्याउँछ।
सिस्नुको परम्परागत तथा आधुनिक उपयोग
नेपालका ग्रामीण भेगमा सिस्नु पाकाएर खाने परम्परा निकै पुरानो छ। पहिला पहिला यसलाई ढिँडो, भात, वा ढेडोसँग तरकारीका रूपमा खान्थे। आधुनिक समयमा यसबाट विभिन्न परिकारहरू बनाइन्छ, जस्तै:
सिस्नु साग – उमालेर नुन, बेसार, मरिच मिलाएर तरकारीका रूपमा खान सकिन्छ।
सिस्नु सुप – स्वास्थ्यका लागि अति उपयोगी झोलयुक्त परिकार।
सिस्नु चिया – सुख्खा सिस्नुका पातलाई उमालेर चिया बनाउन सकिन्छ, जसले शरीरलाई शान्त पार्छ।
औषधीय तेल तथा पेस्ट – सिस्नुको पात तथा जराबाट निकालिएको रस छालाका विभिन्न समस्यामा लगाउन सकिन्छ।