नेभिगेशन
समाचार

सीके राउतले औँल्याए नयाँ वैकल्पिक शक्तिका चुनौती

जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नयाँ वैकल्पिक शक्ति निर्माणमा निकै चुनौती रहेको औँल्याएका छन् । आइतबार नेसपा (नयाँ शक्ति) को महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै त्यसका लागि धेरै धैर्यता आवश्यक रहेको राउतले बताए ।

नयाँ शक्ति भनिराख्दा २÷४ वटा कुरा याद राख्न उनले सुझाव दिए । निर्वाचित भएको दुई तीन महिनामै जनता र जनताले कायापलटको अपेक्षा गर्ने तर नेतृत्वमा धैर्यता नभए नयाँ शक्तिलाई अगाडि बढ्न चुनौतीपूर्ण हुने राउतको बुझाइ थियो  । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नयाँ वैकल्पिक शक्ति निर्माणमा निकै चुनौती रहेको औँल्याएका छन् । आइतबार नेसपा (नयाँ शक्ति) को महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै त्यसका लागि धेरै धैर्यता आवश्यक रहेको राउतले बताए ।

उनले वैकल्पिक शक्तिलाई नयाँ चुनौती थपिएको समेत बताए । ‘सत्तामा बस्ने पार्टीहरूले थ्रेसहोल्ड थपेर नयाँ पार्टी जन्मिन नदिई भ्रूर्ण हत्या गर्ने काममा लागेका छन् । यसमा सचेत रहनुपर्नेछ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update