नेभिगेशन
समाचार

बुढानीलकण्ठ नगरपालिकामा चौथो वृत्ति तथा रोजगार मेला फागुन २ र ३ गते आयोजना हुने

बुढानीलकण्ठ नगरपालिकामा चौथो वृत्ति तथा रोजगार मेला फागुन २ र ३ गते आयोजना हुने

बुढानीलकण्ठ नगरपालिकामा चौथो वृत्ति तथा रोजगार मेला फागुन २ र ३ गते आयोजना हुने

बुढानीलकण्ठ नगरपालिका आगामी फागुन २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्ने भएको छ। शिक्षा प्रमुख ललित बिक्रम सिंह का अनुसार मेलाले स्थानिय युवाहरुलाई रोजगारीका अवसरहरू प्रदान गर्न मद्दत गर्नेछ।

शिक्षा, रोजगार तथा व्यावसायिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस मेलामा विभिन्न कम्पनी, संघसंस्था, सरकारी तथा गैरसरकारी निकायहरू सहभागी हुने अनुमान गरिएको छ। रोजगार खोजिरहेका युवा तथा नवप्रवेशीहरूका लागि यो मेला महत्वपूर्ण अवसर सावित हुने बताइएको छ।

शिक्षा प्रमुख सिंहले भने, "वृत्ति तथा रोजगार मेलाले युवा तथा श्रम बजारका साझेदारहरूलाई एकै स्थानमा जोड्ने प्लेटफर्म प्रदान गर्नेछ। यसले स्थानीय तहबाट नै रोजगारीको वातावरण सिर्जना गर्न मद्दत गर्नेछ।"

मेलामा विभिन्न तालिम, अन्तरक्रिया, क्यारियर परामर्श तथा रोजगारी सम्बन्धी जानकारीमूलक सत्रहरू समेत सञ्चालन गरिने जनाइएको छ।

बृत्त तथा रोजगार मेलामा सहभागिता लिन चाहने व्यक्तिहरूले नगरपालिकाको आधिकारिक वेबसाइट वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update