नेभिगेशन
समाचार

ट्रम्प सरकारमा मन्त्रालय सम्हालिरहेका मस्कलाई अदालतले दियो यस्तो झट्का

ट्रम्प सरकारमा मन्त्रालय सम्हालिरहेका मस्कलाई अदालतले दियो यस्तो झट्का

वासिङ्टन डीसी । अमेरिकाको अदालती कागजातहरू अनुसार, एक सङ्घीय न्यायाधीशले खर्बपति अमेरिकी व्यापारी एलन मस्कको सरकारी दक्षता विभाग (डज)लाई अर्थ मन्त्रालयको रेकर्डमा राखिएका लाखौं अमेरिकीहरूको व्यक्तिगत वित्त डेटा पहुँच गर्नबाट रोक लगाएका छन् । अमेरिकी जिल्लान्यायाधीश पल ए एन्जेलमेयरले शनिबार यस सम्बन्धमा प्रारम्भिक आदेश जारी गरेका हुन् । यसमा मस्क र उनको टोलीलाई रेकर्डको कुनै पनि प्रतिलिपि तुरुन्तै नष्ट गर्न आदेश दिइएको थियो । ट्रम्प प्रशासनले मस्कको नेतृत्वमा सञ्चालित सरकारी दक्षता विभागलाई अर्थ मन्त्रालयसँग सम्बन्धित रेकर्डहरूमा पहुँचको अनुमति दिएको थियो । मस्क एक विशेष सरकारी कर्मचारी भएको र सरकारी दक्षता विभाग आधिकारिक सरकारी विभाग नभएको तर्क न्यायाधीशले गरेका छन् । यस्तो अवस्थामा अर्थ मन्त्रालयका डेटामा उनको पहुँच पाउनुलाई  न्यायाधीसले सङ्घीय कानुनको उल्लङ्घन भनेका छन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा एक पोस्टमा मस्कले पछिल्लो निर्णय बिलकुल बुद्धिमानी निर्णय नभएको लेखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update